शुक्रबार, असार ५, २०८३

२७ ट्राभल टिप्स, जसले तपाईंको यात्रा सजिलो र सस्तो बनाउँछ

 |  शनिबार, असार १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

हवाई यात्रालाई सबैभन्दा सहज र सुरक्षित मानिन्छ। संसारभर दैनिक १० औं लाख यात्रुले यात्रा गरिरहेका हुन्छन्।

National life

सामान्यतयाः पहिलो पहिलोपटक उडान भर्दा डर लाग्नु स्वाभाविक हो। यस्तोमा यात्रु आत्तिने, चिन्ता लाग्ने, छटपटी हुने, वाकवाकी लाग्ने, अझ कसैकसैलाई पसिना पनि आउने गर्छ।

यात्रा गर्नुअघि र यात्राको दौरान केही कुरामा ध्यान दिने हो भने तपाईंको यात्रा सहज र सस्तो पनि हुन्छ।

- आफ्नो हेडफोन बोक्नुहोस्। आफूले प्रयोग गरिरहेको हेडफोन भयो भने तपाईंलाई सहज हुन्छ।
- पोर्टेबल चार्जर बोक्न नबिर्सिनुहोस्, ताकि चार्ज गर्ने ठाउँ खोज्दै हिँड्नु नपरोस्।
- चिसो टिस्यु र हेन्ड स्यानिटाइजर बोक्नुहोस्।
- जिपलक ब्याग बोक्नुहोस्।
- समयमै चेकइन गर्नुहोस्, ताकि हस्याङफस्याङ नहोस्।
- चेकइन गरिसकेपछि मोबाइलमा आफ्नो ब्यागेजको फोटो लिनुहोस्। यसले पछि ब्यागेज लिने बेला चिन्न सजिलो हुन्छ।
- रातो कपडा लगाउनुहोस् ताकि चिन्न सजिलो होस्।
- घरबाट हिँड्नुअघि फ्लाइटको स्टाटस चेक गर्नुहोस्, ताकि एयरपोर्टमा धेरै कुर्न नपरोस्।
- एयरपोर्टमा उडान कुर्दा न्याप (एकैछिन निदाउने) लिनुहोस्, यसले तपाईंलाई रिफ्रेस बनाउँछ।
- आफ्नो ल्यापटप सजिलै भेट्न सकिने झोलामा राख्नुहोस्।
- आफ्नो लगेजलाई आफूले सजिलै चिन्ने कपडाले बाँध्नुहोस्।
- लिक्विड सामान र इलेक्ट्रोनिक डिभाइस ब्यागको माथिल्लो भागमा राख्नुहोस्।
- पोर्टेबल वेट चेकर (सामान जोख्ने) बोक्नुहोस्।
- एयरपोर्टमा चनाखो रहनुहोस्, म्युजिक सुनेर नबस्नुस्। महत्वपूर्ण सूचनाहरु छुट्न सक्छ।
- महत्वपूर्ण सामानहरु हेन्ड क्यारी (हाते ब्याग)मा राख्नुहोस्, भेट्टाउन सजिलो हुन्छ।
- पावर ब्यांक बोक्नुहोस्, लामो यात्रामा चार्ज गर्ने ठाउँ नभेटिन सक्छ।
- एयरपोर्टको म्याप डाउनलोड गरेर राख्नुहोस्।
- मुख्य मुख्य विदाहरुभन्दा अगाडि यात्रा नगर्नुहोस्।
- हल्का खानेकुराहरु बोक्नुहोस्।
- बच्चाहरु छन् भने पर्याप्त चुइङ गम बोक्नुहोस्।
- बेल्ट नलगाउनुस्, यसले सुरक्षा जाँचमा सहयोग पुग्छ।
- गहनाहरु जिपलक ब्यागमा राख्नुहोस्।
- युनिभर्सल एडप्टर बोक्नुहोस्, ताकि डिभाइस चार्ज गर्न सजिलो होस्।
- दुइटा वालेट बोक्नुहोस्, एउटा नगदका लागि अर्को आईडी र डेबिट/क्रेडिट कार्डको लागि।
- बोर्डिङ पास सजिलै भेटिने ठाउँमा राख्नुहोस्।
- अफलाइन गुगल म्याप डाउनलोड गरेर राख्नुहोस्।
- हरेक ब्याग र पकेटमा कलम राख्नुहोस्।

 

Shivam cement

प्रकाशित: Jul 01, 2023| 19:21 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्