बुधबार, फागुन २७, २०८२

स्वास्थ्य चौकीमा औषधी अभाव, रित्तै घर फर्किन बाध्य बिरामी

 |  शुक्रबार, असार १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

मुगु- मुगुको सोरु गाउँपालिकास्थित खनाया स्वास्थ्य चौकीमा औषधीको अभाव देखिएको छ। एक चक्की सिटामोलसमेत पाउन मुस्किल पर्ने अवस्था देखिएको अनुगमनका क्रममा भेटिएको हो।

National life

दैनिक १० देखि २० जनासम्म बिरामी स्वास्थ्य चौकीमा आउने गरेपनि औषधी नपाई रित्तै घर फर्किन बाध्य भएको गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले जानकारी दिए। मंगलबार दिउँसो अनुगमनको क्रममा खनाया स्वास्थ्य चौकीमा पुग्दा औषधी अभाव भएको देखिएको उनको भनाइ छ।

‘औषधी अभाव छ, आपूर्ति पनि हुन सकेको छैन। बिरामीलाई कसरी उपचार गरौँ’, अनमी तुल्सा विश्वकर्माले भनिन्, ‘औषधी न पालिकाले दिन्छ न त जिल्ला स्वास्थ्यबाट नै आउँछ।’

औषधीका लागि जिल्ला स्वास्थ्य कार्यालय र पालिका स्वास्थ्य शाखामा माग गर्दा पनि हालसम्म औषधी नआएको विश्वर्माको बताइन्। ‘स्वास्थ्य चौकीमा ९८ प्रकारका औषधी हुनुपर्नेमा १० प्रकारका पनि औषधी छैनन्’, अनमी विश्वकर्माले भनिन्।

पालिकाले औषधी खरिदमा पर्याप्त बजेट नछुट्याउँदा र जिल्ला स्वास्थ्य कार्यालयले औषधी उपलब्ध नगराउँदा दुर्गम बस्तीका स्वास्थ्य केन्द्रमा औषधीको चरम अभाव हुने गरेको छ।

Laxmi sunrise bank
kumari

सोरु गाउँपालिकाका स्वास्थ्य संयोजक चरित्र धामीले भने, ‘केही दिनभित्रै जिल्ला स्वास्थ्य कार्यालयबाट आएको औषधी र पालिकाले खरिद गरी अन्य स्वास्थ्य चौकीमा पठाइनेछ।’

उक्त स्वास्थ्य चौकीमा औषधीका साथै बीपी सेट, थर्मोमिटरलगायत उपकरणको पनि अभाव भएको छ। उक्त स्वास्थ्य चौकीमा हाल सात जना कर्मचारी कार्यरत भए पनि हाल चार जना मात्र उपस्थित हुने गरेको स्थानीयको भनाइ छ।

प्रकाशित: Jun 30, 2023| 23:03 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्