आइतबार, वैशाख १३, २०८३

‘चार कूटनीतिज्ञ’ विमोचन

 |  शुक्रबार, असार १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

काठमाडौं- नेपालको कूटनीतिक इतिहासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका भएका प्रबुद्ध व्यक्तित्वको अनुभव एवं उनीहरूले गरेका योगदान बारेको पुस्तक ‘चार कूटनीतिज्ञ’ विमोचन गरिएको छ।

National life

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा प्रकाशित उक्त पुस्तकको आज यहाँ आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री एनपी साउदले विमोचन गरेका हुन्। कार्यक्रममा मन्त्री साउदले पुस्तक कूटनीतिक क्षेत्रमा अभिरुचि राख्नेले पढ्नै पर्ने खालको भएको र कूटनीतिक क्षेत्रमा काम गर्नेहरुका लागि सन्दर्भ सामग्री हुने बताएका छन्। 

कूटनीतिक इतिहासमा विशिष्ट योगदान गरेका चार कूटनीतिज्ञ (रामप्रसाद मानन्धर, शोभागजङ्ग थापा, पद्मबहादुर खत्री र झरेन्द्रनारायण सिंह)को कूटनीतिक जीवन र उनीहरूको योगदानबारे विशेष खोज-अनुसन्धान गरिएको पुस्तक पूर्वपरराष्ट्र सचिव डा मदनकुमार भट्टराईले लेखेका हुन्। 

सार्थकता र सान्दर्भिकताका दृष्टिबाट स्वाभिमानी, देशभक्त र कर्तव्यभावले अभिप्रेरित कूटनीतिज्ञको ऐतिहासिक अन्वेषण पुस्तकमा गरिएको छ। नेपालको कूटनीतिक सेवामा करिब चार दशक बिताउनु भएका पूर्वपरराष्ट्र सचिव एवं पूर्वराजदूत डा भट्टराई कूटनीतिक इतिहास र वर्तमानको खोज अनुसन्धानमा लागेका छन्। 

कार्यक्रममा पुस्तक बारेमा परराष्ट्र सचिव भरतराज पौड्याल, पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमुख्यसचिव लिलामणि पौड्याल, प्राडा मीना वैद्य मल्लले समीक्षा गरेका थिए। निमित्त कार्यकारी निर्देशक राजेन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकका लेखक डा भट्टराईले पुस्तक लेखनका क्रममा भएका अनुभव सुनाएका थिए। 

kumari

चार वरिष्ठ कूटनीतिज्ञमध्ये रामप्रसाद मानन्धर र मेजर जनरल शोभागजङ्ग थापा सन् १९५१–५९ अवधिको राजनीतिक पृष्ठभूमिका सरकार र नेपालको परराष्ट्र नीतिको आधुनिक परिप्रेक्ष्यमा साङ्गठनिक रचनात्मक अवधिको सुरूआतको प्रतिनिधित्व गरेको पुस्तकमा उल्लेख छ। अन्य दुई परराष्ट्र सचिव मेजर जनरल पद्मबहादुर खत्री र झरेन्द्रनारायण सिंह राणाकालमा सेवामा प्रवेश गरे पनि उनीहरु निर्दलीय व्यवस्थाको समयमा विशेष भूमिका निर्वाह गर्ने कूटनीतिज्ञ हुन्। नेपालको परराष्ट्र सम्बन्धमा यी कूटनीतिज्ञबीच अनेकौँ समानता एवं असमानता देखिन्छन्।

चारै कूटनीतिज्ञले राणाकाल र प्रजातन्त्रोत्तर कालको प्रशासनको सेतुका रुपमा नेपालको कूटनीतिलाई प्रतिनिधित्व गरेको थियो। संयुक्त अधिराज्यको लन्डनस्थित राजदूतावासमा रहेको नेपालको पहिलो राजदूतावासमा चारै जनाले सेवा गरेको अनुभव थियो।

प्रकाशित: Jun 30, 2023| 18:35 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्