आइतबार, वैशाख २३, २०८१

 नारायणगढ-मुग्लिन सडक २८ घण्टापछि एकतर्फी सञ्‍चालन

 |  शुक्रबार, असार १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

काठमाडौं- अविरल वर्षाका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। पहिरो पन्छाउने काम सकिएसँगै करिब २८ घण्टापछि अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको हो। 

triton college

अहिले सुरुमा एम्बुलेन्स र दुई पाङ्ग्रे गाडीलाई पठाइएको छ।

इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा हिजो दिउँसोदेखि पहिरो खसेको थियो। मुग्लिननजिक पहाडमाथिबाट लगातार ढुंगा खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको थियो। अग्लो ठाउँबाट ढुंगा र गेग्रान लगातार झरेका कारण बाटोको अवरोध हटाउन मुस्किल भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ। 

 बिहीबार दिउँसो १ बजेदेखि सडक अवरुद्ध भएको थियो। जसका कारण यात्रुहरू अलपत्र परेका थिए।

प्रकाशित: Jun 30, 2023| 18:06 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्