बुधबार, फागुन २७, २०८२

हेटौंडा अस्पताललाई ८८ लाख रुपैयाँको सामग्री हस्तान्तरण

 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

National life
Laxmi sunrise bank
kumari

हेटौँडा- मदनभण्डारी स्वाथ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको हेटौँडा अस्पतालका लागि रोटरी क्लब मकवानपुरले रू ८८ लाख ६० हजार चार सय बराबरको मुटुरोगको उपचारसम्बन्धी विभिन्न सामग्री हस्तान्तरण गरेको छ। जिल्लामा नै मुटुरोग सम्बन्धी उपचार गराउने उद्देश्यले क्लबले अस्पताललाई उक्त उपकरण खरिद गरी हस्तान्तरण गरेको हो।

उपकरण उपलब्ध भएपछि मुटुसम्बन्धी रोगको उपचारका लागि अब जिल्ला बाहिर जानु नपर्ने प्रतिष्ठानका रजिष्टार राजेश प्रसाइले बताए। क्लबले अस्पतालका लागि टिएमटी स्क्यान, इसिजी मेसिन, होल्टर सिस्टम मेसिनलगायत सामग्री हस्तान्तरण गरेको उनले जानकारी दिए।

अस्पतालको सेवामा थप थप प्रभावकारी बनाउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको रोटरीका अध्यक्ष कृष्ण कार्कीले बताए। सामाग्री हस्तान्तरण कार्यक्रममा हेटौँडा अस्पतालका प्रमुख डा. रामचन्द्र सापकोटा, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टलगायतको उपस्थिति थियो।

प्रकाशित: Jun 29, 2023| 21:02 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्