शुक्रबार, साउन २३, २०८२

सभ्यताको दियो बाल्ने गुरुलाई कुट्नु गलतः अध्यक्ष ओली

ओलीले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति कटाक्ष गरेका हुन्। 
 |  बिहीबार, असार १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

vianetvianet

काठमाडौं–सभ्यताको दियो बालेर मान्छेलाई संसाररुपी ज्ञानको थैलो भरिदिने गुरुलाई विद्यार्थीबाटै कुटपिट हुँदा पनि सरकारी संरक्षण गरिनु गलत रहेको एमाले अध्यक्ष केपी ओलीले बताएका छन्।

बिहीबार मदन भण्डारी मेमोरियल कलेजको २२औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गुरु कुट्नेहरुको संरक्षण र प्रोत्साहन गर्नु गलत भएको बताएका हुन्।

ओलीले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति कटाक्ष गरेका हुन्। 

उनले भने, ‘सभ्यताको दियो बाल्ने देश, गुरुदेवो भवः भन्ने देश आज गुरुको ढाड खुस्क्याउँछ। टाउको फुटाउँछ, करङ भाँचिदिन्छ, बहादुरी देखाउँछ। त्यस्तालाई प्रोत्साहन दिएर सरकारले मुद्दा फिर्ता गर्छ।’

प्रकाशित: Jun 29, 2023| 11:25 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्