बुधबार, फागुन २७, २०८२

यस्ता छन् कफीका फाइदा

एक अनुमान अनुसार विश्वभर प्रतिदिन मानिसहरूले लगभग २.२५ बिलियन कप कफी पिउँछन्। तर, एउटा अध्ययनले कफीको सही सेवनले शरीरमा केही गम्भीर रोगबाट जोगिनसमेत लाभ मिल्छ।
 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

केही मानिसमा ऊर्जा प्राप्त गर्नका लागि चिया र कफीको आवश्यकता पर्छ। बिहान उठ्ने वित्तिकै मानिसमा कफीको आवश्यकता पर्न सक्छ। अफिसमा पुरै दिन बसेर काम गर्दा होस् अथवा अवेर रातिसम्म अनिदो बस्दाहोस्, मानिसले कफीको सेवन गर्छन्। केही रिपोर्टले कफीको सेवनलाई हानिकारक पनि भनेका छन्। स्वास्थ्य विशेषज्ञका अनुसार कफीमा क्याफिन हुन्छ। त्यसैले कफीको अधिक सेवनले शरीरमा समस्या पैदा गर्ने जोखिम हुन्छ।

National life

एक अनुमान अनुसार विश्वभर प्रतिदिन मानिसहरूले लगभग २.२५ बिलियन कप कफी पिउँछन्। तर, एउटा अध्ययनले कफीको सही सेवनले शरीरमा केही गम्भीर रोगबाट जोगिनसमेत लाभ मिल्छ। 

कफीमा पोषक तत्व भरपूर मात्रामा पाइन्छ। राइबोफ्लेविन (भिटामिन बी २), नियासि (भिटामिन बी ३), म्याग्नेसियम, पोटासियमलगायत विभिन्न फेनोलिक यौगिक र एन्टीअक्सिडेन्ट पाइन्छ। स्वास्थ्य विशेषज्ञले यी पोषक तत्वले शरीरलाई विभिन्न ढंगले लाभ दिइरहेका हुन्छन्।

अध्ययनले कफीको सेवनले टाइप २ मधुमेहको जोखिम कम हुने देखाएको छ। २०१४ मा गरिएको एक अध्ययनले ४८ हजार मानिसमा शोध गरेको थियो। उक्त अध्ययनले टाइप २ मधुमेहको जोखिम कम हुने देखाएको थियो। जुन मानिसले प्रतिदिन कमसेकम एक एक कफी पिउने गरेका थिए उनीहरूमा टाइप २ मधुमेहको जोखिम ११ प्रतिशतसम्म कम रहेको थियो। तर, चिकित्सकको सल्लाह अनुसारमात्रै कफी खुवाउने गर्नुपर्छ।

थुप्रै अध्ययनले क्याफिन मेटाबोलिज्मको दर ३-११ प्रतिशतसम्म बढ्न सक्छ। त्यसैले कफीलाई बोसो नियन्त्रक पदार्थका रुपमा पनि लिन सकिन्छ। मोटा मानिसको बोसो घटाउनमा कफीलाई सहायक मान्न सकिन्छ।

Laxmi sunrise bank
kumari

एक अध्ययनले कफीको सेवनले कलेजोको क्यान्सरको जोखिम पनि कम गर्ने देखाएको छ। अमेरिकामा गरिएको एक अध्ययनका अनुसार प्रतिदिन दुईदेखि तीन कप कफी सेवन गर्ने मानिसमा कलेजोको क्यान्सरको जोखिम कम पाइएको थियो।

यस्तै कफीको सेवनले ब्लड प्रेसर पनि नियन्त्रित हुन्छ। क्याफिनले रक्तचापका साथै मुटु स्वस्थ राख्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। एक अध्ययनका अनुसार प्रतिदिन तीनदेखि पाँच कप चिया पिउने मानिसमा मुटु रोग लाग्ने सम्भावना १५ प्रतिशतसम्म कम हुन्छ।

कफीको सेवनले पेटमा एसिडको उत्पादन बढ्छ। शरीरमा हानिकारक स्टोमा एसिड उत्पादन गर्ने भएकाले पनि क्याफिन स्वास्थ्यका लागि राम्रो हुँदैन। जसले पाचन प्रणाालीमा असर गर्छ। त्यसैले बिहान उठ्ने वित्तिकै कफीको सेवन गर्दा पेटमा अपच हुने, सुन्निले जस्ता समस्या पैदा हुने जोखिम रहन्छ।

रातिमा लामो समयसम्म पेट खाली रहन्छ। त्यसैले शरीरमा पानीको अभावलाई पूर्ति गर्नका लागि बिहान उठ्ने वित्तिकै पानी पिउनुपर्छ। तर, बिहान कफी पिउँदा शरीरमा पानीको कमी हुन्छ र डिहाइड्रेशनको जोखिम बढ्छ। कफीमा पाइने क्याफिनले पिशावलाई बढाउँछ। - अमरउजालाबाट

प्रकाशित: Jun 29, 2023| 06:11 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्