आइतबार, वैशाख २७, २०८३

सिरिजंघा गाउँपालिकामा कक्षा ११ र १२ को पढाइ निःशुल्क

सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दरसमेत अभिवृद्धि गर्ने उद्देश्यले कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने प्रत्येक विद्यालयका विद्यार्थीलाई हरेक वर्ष पोसाक र विद्यालय झोला गाउँपालिकाले दिनेछ।
 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले कक्षा ११ र कक्षा १२ मा अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्थालाई निरन्तरता दिएको छ।

National life

गाउँपालिकाभित्रका प्रत्येक सामुदायिक विद्यालयमा अध्ययन गर्ने उक्त कक्षाका विद्यार्थीलाई निःशुल्क रुपमा पठनपाठनको व्यवस्थालाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले बताए। यस्तै पालिकाभित्रका आठ वटै वडाका सामुदायिक विद्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सर्वोत्कृष्ट नतिजा ल्याउने चार  विद्यार्थीलाई प्राविधिक वा अप्राविधिक विधामा प्रविणता प्रमाणपत्र वा सो सरहको शिक्षामा समेत छात्रवृत्ति दिने कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ।

सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दरसमेत अभिवृद्धि गर्ने उद्देश्यले कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने प्रत्येक विद्यालयका विद्यार्थीलाई हरेक वर्ष पोसाक र विद्यालय झोला वितरण गर्नेसमेत जनाइएको छ।

यस्तै ‘प्रविधिमैत्री कक्षा, आजको आवश्यकता’ भन्ने नाराका साथ माध्यामिक विद्यालयमा सेवा करार कार्यविधि अनुसार कम्प्युटर शिक्षकको व्यवस्था गरी कम्प्युटर कक्षा सञ्चालन गर्ने गाउँपालिकाको योजना छ।

उक्त कार्यक्रमलाई गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समेत समेटेर लगिएको र क्रमशः निरन्तरता दिँदै लैजाने गाउँपालिकाले जनाएको छ।

 

प्रकाशित: Jun 28, 2023| 13:12 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्