शुक्रबार, साउन २३, २०८२

शुभश्रीको 'प्रोजेक्ट प्याराडाइज' हल्ट प्राइजमा सहभागी, फाइनलमा पुग्ने सम्भावना कायमै

 |  मंगलबार, असार १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

vianetvianet

काठमाडौं- शुभश्री कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले हल्ट प्राइजमा सहभागिता जनाएका छन्। भारतको मुम्बईमा भएको 'मुम्बई समिट' मा शुभश्रीका विद्यार्थीको प्रोजेक्ट प्याराडाइजले भाग लिएको हो।

उक्त समिटमा विश्वभरबाट ६० भन्दा बढी टिम सहभागी थिए। यीमध्ये शुभश्रीको प्रोजेक्ट प्याराडाइज शीर्ष ५ भित्र पर्न  सफल भएको थियो। साथै फाइनलमा प्रतिस्पर्धा गर्ने अरु दुई अवसर पनि प्राप्त गरेको छ। यी दुई राउण्ड पार गरेको खण्डमा प्रोजेक्ट प्याराडाइजले फ्रान्सको पेरिसमा हुने फाइनलमा प्रतिस्पर्धा गर्न पाउनेछ। यो प्रतिस्पर्धा अनलाइन हुनेछ। फाइनल जित्नेले १० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ।

हल्ट प्राइज भनेको सामाजिक उद्यमशिलतामार्फत विभिन्न किसिमका समस्या समाधान गर्ने प्रयास गरिरहेका युवाहरुका लागि इन्टरनेशनल प्लेटफर्म हो।

 

प्रकाशित: Jun 27, 2023| 15:46 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्