बुधबार, फागुन २७, २०८२

५० शय्याको जाजरकोट अस्पताल हस्तान्तरण

 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

जाजरकोट- ५० शय्याको जाजरकोट जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ। सङ्घीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतले स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई सोमबार भवन हस्तान्तरण गरेको हो।

National life

विसं २०७७ असार २७ गते भवन निर्माण गर्नका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको थियो भने २०७९ चैत २४ गते निर्माण पूरा गर्ने सहमति रहेको थियो। 

अत्याधुनिक भवन निर्माण भएसँगै सेवा प्रवाहमा समेत सहज हुने भएको छ। अस्पताल विकास समितिका अध्यक्ष डम्बरबहादुर सिंहका अनुसार अब नयाँ भवनबाट सेवा सञ्चालन गराउनका लागि  काम सुरु हुने जानकारी दिए।

भवनको अभावमा विभिन्न उपकरण प्रयोगमा आउन नसकेकामा अब जिल्ला अस्पतालमा पाइने सबै खालका सेवा पाइने उनको भनाइ छ।

३१ करोड ५६ लाख ७७ हजार चार सय ६२ रुपैयाँमा भवन निर्माण सम्पन्न भएको जनाइएको छ। अध्यक्ष सिंहले तोकिएको समयभित्र निर्माण पूरा भएपछि  स्वास्थ्य सेवा प्रवाहमा सहज भएकोे बताए। 

Laxmi sunrise bank
kumari

जिल्ला अस्पताल निर्माणसँगै यहाँबाट प्रवाह हुने सेवा सुविधासमेत सुधार हुनुपर्ने आम नागरिकको माग छ। सामान्य समस्या आउँदा पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्नुपर्ने बारेकोट–५ का मोहनजङ्ग शाहीले बताए। 

अस्पतालले जाजरकोट, रुकुमपश्चिम र डोल्पाका सर्वसाधारणलाई सेवा पुग्ने छ।

प्रकाशित: Jun 27, 2023| 09:57 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्