बुधबार, फागुन २७, २०८२

मोबाइलको लतले कस्तो असर पर्छ बालबालिकालाई?

 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

काठमाडौं- बालबालिकाले आफै मोबाइल चलाउँदैनन् अभिभावकले अत्याधिक मोबाइल प्रयोग गर्दा उनिहरूले पनि देखेर सिक्छन् र लत बस्छ। मोबाइलको लत लागेका बालबालिकामा निन्द्रा ढिलो लाग्ने, निन्द्रा पातलो हुने र निन्द्राबाट पटक पटक ब्युझने समस्या देखिन सक्छ। आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा हुँदैन।

National life

मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफुले के कुरा खाइरहेको छुकस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन् जसका कारण पोषण सम्बन्धित समस्या, पाचन प्रणालीमा समस्या हुन सक्दछ । खाना खुवाउँदा अभिभावकले बच्चाहरूसँग कुराकानी गरेर डुलाएर. गीत गाएर तथा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिदै खुवाउनुपर्छ ।

मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने लक्षण देखिँदै जान सक्छ साथै रिसाउने, झर्किने, रुनेदोहोरो कुरा नगर्ने हुन सक्दछन् यसले गर्दा बच्चा ठुलो हुँदै जाँदा झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्छन्।

सुत्नु भन्दा अगाडी मोबाइल हेरेका बालबालिकामा मोबाइल स्कृनबाट आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ। मष्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमा नै असर पुर्याउँछ।

स्रोत- नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 27, 2023| 06:31 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्