शुक्रबार, असार ५, २०८३

यसकारण गर्नुपर्छ ग्रह शान्ति

 |  सोमबार, असार ११, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

सोमबार, असार ११, २०८०

खगोलमा रहेका ग्रह, तारा र नक्षत्र आदिले सम्पूर्ण ब्रह्माण्डमा नै पञ्चतत्त्व (पृथ्वी , जल, तेज, वायु  र आकाशहरूको ऊर्जा रहेको हुन्छ।

National life

आ-आफ्नो गुण र विशेषताले गर्दा पञ्चतत्त्वहरूकै माध्यमबाट हाम्रो शरीरले ग्रह तथा नक्षत्रहरूको ऊर्जा ग्रहण गरिरहेका हुन्छौं, तिनै ग्रह तथा नक्षत्रहरूको नकारात्मक ऊर्जा  या फललाई हामीले वैदिक विधि अनुसार नकारात्मक ऊर्जा लाई शुभ या सकारात्मक ऊर्जा मा परिणत गर्ने विधिलाई शास्त्रमा ग्रहशान्ति भन्ने गरिन्छ।

सामान्यतया हामीले ग्रह शान्ति गर्नुको मुख्य चार वटा मुख्य कारण हुन्छन्, जसमध्ये पहिलो हाल चलिरहेको ग्रहदशा या गोचर दशाहरूको शान्ति हो। दोस्रो हाम्रो जन्म समयको मूल आदि नक्षत्र (अश्लेषा, मूल, विशाखा, जेष्ठा) हो जसले गर्दा पिरने या दु:ख दिने हुन्छ। तेस्रो हो तिथि (औंशी, चतुर्दशी आदि) शान्ति।

चौथो जन्मकुण्डलीमा नवग्रहले बनाएका बिभिन्न नराम्रा योग जस्तै कि माङ्गलिक योग, अङ्गारक योग, सर्प योग, गुरुचाण्डाल योग, विष योग, पितृदोष योग, निसन्तान योग, बहुविवाह योग, सूर्य ग्रहण योग, चन्द्र ग्रहण योग, जडत्त्व योग, अल्पायु योग, ऋण योग, प्रेम विवाह असफल योग, कारागार योग, मुद्दामामिला योग आदिको शान्ति तथा विशेष पूजा (अनुष्ठान) विधिपूर्वक गर्न र गराउन सके अवश्य दोष कम र निवारण हुन्छ।

उपरोक्त दोष शान्ति या निवारण गर्नु भनेको पानी पर्न लागेको अनुमान लगाएर घर बाहिर निस्कँदा छाता या वर्षादी लिएर निस्कनु जस्तै हो त्यस कारणले आफ्नो जन्म कुण्डलीको अवस्था के कस्तो छ भनेर ज्ञान लिएर पानीमा छाताको महत्त्व जस्तै नक्षत्र, ग्रहदशा र योगको पहिचान गरेर ग्रह शान्ति गर्नु या गराउनु उपयुक्त हुनेछ ।

Shivam cement

 

 

 

 

 

 

 

प्रकाशित: Jun 26, 2023| 19:01 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्