आइतबार, वैशाख २७, २०८३

क्यान्सर र डिप्रेसनको जोखिमबाट जोगाउँछ सुकुमेलले

सुकुमेलको सेवन स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ। नेपाली भान्सामा मसलाको रूपमा प्रयोग गरिने सुकुमेलले क्यान्सरको जोखिमदेखि डिप्रेसन हुनबाट जोगाउने कुरा धेरैलाई थाहा नहुन सक्छ।
 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

काठमाडौं- सुकुमेलको सेवन स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ। नेपाली भान्सामा मसलाको रूपमा प्रयोग गरिने सुकुमेलले क्यान्सरको जोखिमदेखि डिप्रेसन हुनबाट जोगाउने कुरा धेरैलाई थाहा नहुन सक्छ।

National life

सुकुमेलले ग्यास्ट्रिकबाट रक्षा गर्छ, कोलेस्टेरोल तथा क्यान्सर नियन्त्रण गर्छ, मुटुसम्बन्धी समस्याबाट राहत दिन्छ र रक्तसन्चारमा सुधार गर्छ। यसका साथै यो दाँतसम्बन्धी रोग र मुत्रनली संक्रमणजस्तै सिस्टाइटिस, नेफ्राइटिस र गोनोरियाको उपचारका लागि पनि फाइदाजनक मानिन्छ। यो नपु‌सकता, यौन उत्तेजना नहुने र चाँडै वीर्य झर्ने समस्या पनि समाधान गर्छ।

सुकमेल भारत, नेपाल र भुटानको प्रमुख मसला मानिन्छ। भारत, चीन, भुटान, भियतनाम, मलेसिया, कोरिया र जापानका उष्ण क्षेत्रमा यसको खेती गरिन्छ। यसलाई मसलाको रानी पनि भनिन्छ। यो विश्वकै तेस्रो महंगो मसालामा पर्छ।

१ सय ग्राम सुकुमेलमा इनर्जी ३ सय क्यालोरी, कार्बोहाइड्रेट ८ ग्राम, प्रोटिन ११ ग्राम, फाइबर २८ ग्राम पाइन्छ भने कोलेस्टेरोलको मात्रा शुन्य हुन्छ।

यो भिटामिन र सुक्ष्मपोषक तत्वले भरपुर हुन्छ। यसमा नियासिन, पाइरिडोक्सिन, रिवोफ्लाभिन, थियामाइन, भिटामिन ए, भिटामिन सी, सोडियम, पोटासियम, क्याल्सियम, कपर, आइरन, म्यांगनिज, म्याग्नेसियम, फोस्फोरस र जिंक पाइन्छ।

यसको सेवनले कोलोरेक्टल क्यान्सर रोकथाम गर्छ। मुटुको रक्षा, डिप्रेसन हटाउन सहयोग, ग्यास्ट्रोइन्टेस्टाइनल रोग रोकथा गर्छ। यसमा पाइने एन्टीमाइक्रोबियल तत्व, पीडानाशक तत्व स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ।

प्रकाशित: Jun 26, 2023| 06:37 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्