बुधबार, फागुन २७, २०८२

गुल्मीदरबारमा १५ शय्याको अस्पताल निर्माण सम्पन्न हुँदै

पालिकामा निर्माण सम्पन्न हुनै लागेको १५ शय्याको अस्पताल सञ्चालनमा एमबीबीएस डाक्टर नियुक्त गर्ने तयारी।
 |  शनिबार, असार ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

गुल्मी– गुल्मीको गुल्मीदरबार गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको छ। पालिकाको वडा–३ धुरेलडाँडामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न हुन लागेको हो।

National life

भवनमा अहिले रङरोगन र सरफाइको काम मात्रै बाँकी रहेको पालिका  स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद अर्यालले बताए। भवन निर्माणको प्रगति ९५ प्रतिशत भएको उनको भनाइ छ।

सरकारले १५ मंसिर २०७७ मा देशभर रहेका स्थानीय तहमा अस्पताल निर्माण गर्न एकै पटक शिलान्यास गरेको थियो। गुल्मीदरबार गाउँपालिकामा निर्माण गरिने भवन शिलान्यास तत्कालीन लुम्बिनी प्रदेश सांसद कमलराज श्रेष्ठले गरेका थिए ।

असार मसान्तभित्र सक्नुपर्ने १८ करोड लागतको भवन अर्जुन बिल्र्डस प्रालिले निर्माण गरेको हो।  गुल्मीदरबारमा हाल ४ वटा वडामा बर्थिङ सेन्टर र २ वडामा सुरक्षित गर्भपतन सेवा उपलब्ध हुँदै आएको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा पालिकामै १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउन २०८०/८१ को नीति तथा कार्यक्रममा एमबीबीएस डाक्टर नियुक्त गरी विशेषज्ञ सेवा प्रवाह गरिने विषय समेटिएको पालिका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 24, 2023| 16:15 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्