काठमाडौं– लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधको अवैध कारोबार गरेको आरोपमा पाँच विदेशीसहित १२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय, जर्मन र इटलीका नागरिक पनि रहेको प्रहरीले जनाएको छ।
उनीहरूका साथबाट प्रहरीले विभिन्न सामग्री र लागूऔषधसमेत बरामद गरेको छ। बरामद लागूऔषधको बजार मूल्य २ करोड ३३ लाख १५ हजार २५० रुपैयाँ रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार कोकिन ३.७ ग्राम, खैरो हेरोइन १०० ग्राम, एम्फेटामाइन ४०.८५ ग्राम, चरेश ६ केजी ८६० ग्राम बरामद भएको छ। यस्तै, एलएसडी स्टिकर १० हजार १३१ प्रति बरामद भएको प्रहरीले बताएको छ।
गाँजाको धुलो ४ केजी ७५० ग्राम, कोडिन प्रति १६ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको ब्युरोबाट जारी समाचारमा भनिएको छ।
१० दिनमै पक्राउ परे विदेशीसहितका १२ लागूऔषध कारोबारी लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधका अवैध कारोबारीलाई पक्राउ गरेको हो।