शनिबार, साउन ३१, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • साढे चार किलो बढी शंकास्पद चरेशसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परे युवक

साढे चार किलो बढी शंकास्पद चरेशसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परे युवक

एयर इन्डियाको उडानमार्फत काठमाडौंबाट नयाँ दिल्ली हुँदै ओमन जान लागेका ती युवकको लगेजबाट विमानस्थलको ब्यागेज चेकिङ एरियामा उक्त सामग्री बरामद भएको हो। 
 |  शुक्रबार, असार ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

vianetvianet

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट ४ केजी ७५० ग्राम अवैध लागूऔषध चरेशजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ। 

झापाको भद्रपुर नगरपालिका–४ का २५ वर्षीय सुमन लिम्बूलाई विमानस्थलको होल्ड ब्यागेज चेकिङ क्षेत्रबाट पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

एयर इन्डियाको उडानमार्फत काठमाडौंबाट नयाँ दिल्ली हुँदै ओमन जान लागेका ती युवकको लगेजबाट विमानस्थलको ब्यागेज चेकिङ एरियामा एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उक्त सामग्री बरामद भएको हो। 

प्रहरीका अनुसार फल्स बटन बनाई सेतो प्लास्टिकले बेरिएको अवस्थामा बिस्कुट आकृति बनाएको र लगेजभित्र राखिएका सनपापडीको दुई वटा प्याकेटसमेतमा गरी उक्त परिमाणको लागूऔषध फेला पारेपछि युवकलाई प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित: Jun 23, 2023| 14:04 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्