शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • र्‍यापर गिरिश खतिवडामाथि हत्या आरोप, मोरङ प्रहरीमा किटानी जाहेरी

र्‍यापर गिरिश खतिवडामाथि हत्या आरोप, मोरङ प्रहरीमा किटानी जाहेरी

 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

काठमाडौं- चर्चित र्‍यापर गिरिश खतिवडाविरुद्ध प्रहरीमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेको छ। मोरङको धनपालधान गाउँपालिका-४ का एक युवाको हत्या आरोपमा उनीविरुद्ध जाहेरी परेको हो। खतिवडासँगै करण राजवंशी र अनुराग राउतविरुद्ध पनि जाहेरी परेको छ।

National life

भएको के हो?
गिरिशको गृहजिल्ला मोरङ हो। केही वर्षदेखि उनले विराटनगरमा रेष्टुरेन्ट चलाइरहेका छन्। ‘जी क्याफे एण्ड विस्त्रो’ नामक उनको रेष्टुरेन्टमा युवाहरुको घुइँचो लाग्छ। चलेका र्‍यापर खतिवडा आफैं पनि नियमित रुपमा स्टेजमा उत्रेर माहोल तताउँछन्। रेष्टुरेन्ट व्यवस्थापनमा पनि उनी आफैं खटिरहेका हुन्छन्।

घटना यही असार ३ गतेको हो। गिरिशको रेष्टुरेन्टमा मासु आपूर्ति गर्ने एक युवकको रहस्यमय मृत्यु भयो। उनी असार ३ गते बिहान ११ बजेतिर क्याफेमा मासुको पैसा उठाउन भनेर गएका थिए। मोरङकै धनपालथान गाउँपालिका- ४ कसिद अन्सारी त्यसदिन ४० हजार बक्यौता उठाउन भनेर त्यहाँ पुगेका थिए।

क्याफे सञ्चालक खतिवडाका अनुसार कसिद क्याफेमै लडेर गम्भीर घाइते भए। तत्कालै उनलाई त्यहाँ कार्यरत कर्मचारीहरुले विराट अस्पताल लगे। उपचारका क्रममा उनको मृत्यु भयो।

कसिदको परिवार भने यो कुरा मान्न तयार छैन। कसिदको योजनाबद्ध हत्या भएको भन्दै क्याफे सञ्चालक खतिवडासहित क्याफेमा कार्यरत जहदा गाउँपालिका-३ का करण राजवंशी र विराटनगर-१६ का अनुराग राउतविरुद्ध  प्रहरीमा किटानी जाहेरी परेको छ। मृतकको देब्रे तिघ्रामा ३ इन्च लामो र १ इन्च गहिरो चोट रहेको पीडित परिवारले बताएका छन्।

Shivam cement

क्याफे सञ्चालक खतिवडासहित त्यहाँ कार्यरत तीनजनाले कसिदको हत्या गरेको किटानी जाहेरीमा उल्लेख छ। मृतकका भाइ मासिदले मासु बिक्री गरेको पैसा माग्न जाँदा दाजुको हत्या भएको दाबी गरेका छन्। कसिदले जी क्याफेसहित विराटनगरमा एक दर्जन रेस्टुरेन्ट र क्याफेहरूमा मासु बिक्री गर्दै आएको उनले बताए।

प्रहरीले जाहेरी परेको पुष्टि गरे पनि थप केही बताएको छैन। आफूहरु प्रारम्भिक अनुसन्धानकै क्रममा रहेको र अहिलेसम्म कसैलाई पक्राउ नगरिएको प्रहरीको भनाइ छ।

प्रकाशित: Jun 23, 2023| 13:28 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्