शुक्रबार, असार ५, २०८३

फेवातालमा ड्रागन बोट रेसको रौनक

‘ड्रागन बोट रेस’ मा ड्रागनजस्तै देखिनेगरी बनाइएको डुंगा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् । सोही ड्रमको तालमा १० जनाले डुंगा खियाउँछन् र पुछारमा बस्ने एक जनाले डुंगाको दिशा मिलाउँछन् ।
 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

पोखरामा शुक्रबारदेखि नेपाल-चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ। फेस्टिभल उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको बताए। फेस्टिभलले दुई देशबीचको सम्बन्धमा थप इँट्टा थपेको उनको भनाइ छ।

National life

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरको आयोजनामा फेस्टिभल  भएको हो। नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल र चीनबीच लामो समयदेखि आर्थिक सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको बताउँदै ‘ड्रागन बोट रेस फेस्टिभल’ दुईदेशबीचको आपसी सम्बन्ध एवं जनस्तरको सम्बन्ध अझै बलियो बन्ने विश्वास व्यक्त गरे।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ‘ड्रागन बोट रेस फेस्टिभल’ पोखरामा हुनुलाई आफूहरुले महत्वपूर्ण रुपमा लिएको बताउँदै यसले आगामी दिनमा पोखरामा चिनियाँ पयर्टकको आगमन बढ्ने विश्वास व्यक्त गरे।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले फेस्टिभलले पोखरा मात्र नभई समग्र नेपालकै पर्यटनमा टेवा पुग्ने बताए।

नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज र भोलि दुई दिन बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको हो।

‘ड्रागन बोट रेस’ मा ड्रागनजस्तै देखिनेगरी बनाइएको डुंगा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् । सोही ड्रमको तालमा १० जनाले डुंगा खियाउँछन् र पुछारमा बस्ने एक जनाले डुंगाको दिशा मिलाउँछन् ।

Shivam cement

 

प्रकाशित: Jun 23, 2023| 13:17 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्