शनिबार, साउन ३१, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • संसद्‍मा प्रधानमन्त्री प्रचण्डको आश्वासन- किसानले अब तरकारी बाटोमा फाल्नु पर्दैन

संसद्‍मा प्रधानमन्त्री प्रचण्डको आश्वासन- किसानले अब तरकारी बाटोमा फाल्नु पर्दैन

 |  शुक्रबार, असार ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

vianetvianet

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानले उत्पादन गरेको तरकारी बाटोमा फाल्न नपरोस् भनेर बजारीकरणका लागि सरकारले काम गरिरहेको बताएका छन्।

उनले कृषि उपजको कृषकले न्यून मूल्य पाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रमुख खाद्यान्न बालीको सिजन पूर्वसमर्थन मूल्य तोक्ने व्यवस्था गरिएको जानकारी दिए।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीले खेतीको समयमा किसानले मल नपाउने अवस्था रहेको र त्यही समयमा कालोबजारी पनि फस्टाएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए।

'उत्पादन गरेका कृषि उपजको न्यूनतम मूल्य नपाएर सडकमा फाल्नु परेको छ। यसको अन्त्य यो वर्ष हुन्छ? उनको प्रश्न थियो। जवाफमा प्रचण्डले दूधको समर्थन मूल्य तोकिएको, उखु किसानलाई अनुदान दिइएको तथा तरकारीको बजारीकरणमा देखिएको समस्या अन्त्य गर्न विकेन्द्रीकरणको माध्यमबाट कार्य अघि बढाइएको जानकारी दिए। बढी उत्पादन भएको खाद्य सामानको कोल्डस्टोरमा राख्न सक्ने पूर्वाधार बनाउने र केहीको न्यूनतम मूल्य तोक्ने काम भइरहेको उनले बताए।

प्रकाशित: Jun 23, 2023| 12:35 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्