शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • धादिङमा पल्टियो भारतीय यात्रुवाहक बस, एक जनाको मृत्यु, १९ घाइते

धादिङमा पल्टियो भारतीय यात्रुवाहक बस, एक जनाको मृत्यु, १९ घाइते

एआर०६ई ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको हो।
 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

काठमाडौं–पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा शुक्रबार बिहान भारतीय यात्रु बोकेको बस पल्टिँदा एक बालकको मृत्यु भएको छ। बसमा सवार ३० यात्रुमध्ये १९ जना घाइते भएको धादिङ प्रहरीले जनाएको छ।

National life

एआर०६ई ७०३१ नम्बरको बस सडकमै पल्टिएको हो। दुर्घटनामा घाइते यात्रुको उद्धार सुरु गरिएको छ। बस दुर्घटनापछि केही समय राजमार्ग अवरुद्ध भए पनि अहिले खुलेको छ। 

काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रु बस धादिङको गल्छीमा दुर्घटना भएको हो। एआर०६ई ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको हो।

बसमा ३० जना यात्रु रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तु जयसवालले जानकारी दिए।

प्रकाशित: Jun 23, 2023| 12:11 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्