बुधबार, साउन २१, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • टाइटानिकको भग्नावशेष हेर्न जाने पनडुब्बीका चालकसहित पाँच जनाको मृत्यु

टाइटानिकको भग्नावशेष हेर्न जाने पनडुब्बीका चालकसहित पाँच जनाको मृत्यु

पनडुब्बी सामुद्रिक सतहबाट ४ किलोमिटर गहिराइमा रहेको टाइटनिक पानी जहाजको भग्नावशेषबाट ४८ सय मिटर तल विस्फोट भएको अवस्थामा भेटिएको हो।
 |  शुक्रबार, असार ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

vianetvianet

काठमाडौं- एटलान्टिक महासागरमा टाइटनिक पानी जहाजको भग्नावशेष अवलोकनमा गएको पनडुब्बीमा सवार पाँचैजनाको मृत्यु भएको छ। 

एक शताब्दीअघि डुबेको टाइटनिक जहाजको भग्नावशेष अवलोकनका लागि गएको टाइटन पनडुब्बीका चालकसहित पाँच जनाको मृत्यु भएको अमेरिकी कोस्ट गार्डले पुष्टि गरेको छ। अमेरिकी कोष्ट कार्डका रियर एडमिरल जोन मोगरका अनुसार पनडुब्बी विस्फोट भएर टुक्राटुक्रा परेको अवस्थामा फेला परेको छ। पनडुब्बी सामुद्रिक सतहबाट ४ किलोमिटर गहिराइमा रहेको टाइटनिक पानी जहाजको भग्नावशेषबाट ४८ सय मिटर तल विस्फोट भएको अवस्थामा भेटिएको हो।

सन् १९१२ मा २ हजार २ सय यात्रु सवार टाइटनिक जहाज क्यानडाको न्यूफाउन्डल्याण्डस्थित सेन्ट जोन्सबाट ७०० किलोमिटर दक्षिणको सामुद्रिक क्षेत्रमा दुर्घटना हुँदा एक हजार ५०० सय जनाको मृत्यु भएको थियो। जहाज दुर्घटनापछि समुद्रको ४ किलोमिटर गहिराइमा पुगेको थियो। 

गत शनिबार पाकिस्तानी मुलका बेलायती धनाड्य शहजादा दाउद, उनका छोरा सुलेमान दाउद, बेलायती धनाड्य हामिश हार्डिङ तथा फ्रान्सेली अन्वेषक पउल हेन्री नार्गेओलेट लिएर टाइटनिक एड्भेन्चर ट्रिपका प्रमुख एवम् पनडुब्बी चालक स्टकेन रुस समुद्रमा छिरेका थिए।

झण्डै आठ घण्टामा टाइटनिकको भग्नावशेष अवलोकन गरेर फर्किनु पर्ने पनडुब्बी यात्रा सुरु गरेको डेढ घण्टामा सम्पर्कविहीन भएको थियो। त्यसपछि अमेरिका, फ्रान्स तथा बेलायतका विज्ञसहित अत्याधुनिक पनडुब्बी र विमान प्रयोग गरी खोजी सुरु गरिएको थियो। 

प्रकाशित: Jun 23, 2023| 09:33 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्