शुक्रबार, असार ५, २०८३

कालिकाका चेपाङ परिवारलाई बाख्रा वितरण

 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

रत्ननगर- चितवनको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ परिवारलाई बाख्रा वितरण गरेको छ। पहाडी क्षेत्रका वडामा बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत ५० चेपाङ परिवारलाई एक सय ५० वटा बाख्रा वितरण गरिएको हो। 

National life

प्रतिपरिवार तीन वटाका दरले बाख्रा वितरण गरिएको कालिका नगरपालिका पशु शाखा प्रमुख ईश्वरी पौडेलले जानकारी दिए। कालिका–९ र ११ का २५-२५ परिवारलाई बाख्रा वितरण गरिएको हो। 

चेपाङको पोषण अवस्था सन्तोषजनक नभएकाले गर्भवती र दुई वर्षमुनिका बालबालिकालाई लक्षित गरेर बाख्रा वितरण गरिएको उनको भनाइ छ। वडा नं ९ मा नगरपालिकाको सहयोगमा स्थानीय शक्तिखोर महिला साना किसान कृषि सहकारी संस्थामार्फत बाख्रा वितरण गरिएको थियो। 

सहकारीमा आबद्ध कुपोषणको जोखिममा रहेका २५ चेपाङ परिवारलाई बाख्रा वितरण गरिएको सहकारीकी अध्यक्ष खडककुमारी खत्रीले जानकारी दिइन्। नगर क्षेत्रका महिलालाई उद्यमी बनाउने उद्देश्यले उक्त कार्यक्रमलाई जोड दिइएको उनको भनाइ छ। नगरपालिकाले आगामी आर्थिक वर्षदेखि मासुमा समेत अनुदान दिने नीति लिएको छ।  
 

प्रकाशित: Jun 23, 2023| 10:02 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्