शुक्रबार, असार ५, २०८३

बाढीपीडितलाई प्रदेश सरकारले पठायो राहत

 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र पाँचथरमा बाढी र पहिरामा परी मृत्यु भएका मृतकका परिवारले पाउने गरी कोशी प्रदेश सरकारले प्रति मृतक रु एक लाखका दरले राहत रकम पठाएको छ।

National life

पाँचथरमा मृतक जुना साउदेन, हेमराज भत्रे सञ्जोग लिम्बू र एलिषा माझी तथा ताप्लेजुङमा मृतक गणेश तामाङ, सुरेश राई र केशर राईको नजिकको हकवालाले पाउने गरी राहत रकम पठाइएको छ।  

सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा पुग्ने गरी उक्त राहत रकम बिहीबार कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पठाएको हो। 

सोमबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रतिमृतक रु एक लाखका दरले मृतकको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो। 
    
त्यसैगरी, बिहीबार नै बाढी पहिरामा परी क्षतिग्रस्त भएका सङ्खुवासभाका १७ वटा घर पुनः निर्माणका लागि राहतस्वरूप रु सात लाख ७० हजार पठाइएको छ।    जसमा पूर्ण क्षति भएका १३ वटा घर पुनः निर्माणका लागि प्रतिघर रु ५० हजारका दरले र आंशिक क्षति भएका चारवटा घर पुनः निर्माणका लागि रु ३० हजारका दरले राहत रकम पठाइएको हो।

सो रकम पनि जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले तोकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा पठाइएको कुरा मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए।
 

Shivam cement

प्रकाशित: Jun 23, 2023| 09:41 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्