शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • झापामा दोस्रो विवाह गर्न खोज्दा बेहुला पक्राउ, जन्तीको  बिचल्ली

झापामा दोस्रो विवाह गर्न खोज्दा बेहुला पक्राउ, जन्तीको  बिचल्ली

 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०
National life
Shivam cement

जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले आज झापाको गौरादहबाट नियन्त्रणमा लिएको छ। यसरी पक्राउ पर्नेमा सुनसरी, इटहरी–१९ का साजन चौधरी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

गौरादह–२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो। जेठी श्रीमतीको उजुरीका आधारमा चौधरीलाई विवाहमण्डपबाट नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बेहुला पक्राउ परेपछि भने जन्तीको बिचल्ली भएको थियो।

पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए।
 

प्रकाशित: Jun 23, 2023| 08:53 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्