शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ओखलढुङ्गाको पहिरोमा परेर दम्पतीसहित छोरीको मृत्यु, छोरा बेपत्ता

ओखलढुङ्गाको पहिरोमा परेर दम्पतीसहित छोरीको मृत्यु, छोरा बेपत्ता

 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०
National life
Shivam cement

ओखलढुङ्गा- ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ। उक्त घटनामा परी एक जना बेपत्ता भएका छन्। 

गए राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमाया र १८ महिनाकी छोरी कृतिकाको ज्यान गएको हो। गुरुङका १० वर्षीय छोरा दिनेश पहिरोमा परी बेपत्ता भएका छन्। 

बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिराले पुरिएको छ। ती दुई घरमा बस्दै आएकाले भने भागेर ज्यान जोगाएका बताइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले अहिले बेपत्ताको खोजी गरिरहेका छन्। पहिरोले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन।
 

प्रकाशित: Jun 23, 2023| 08:18 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्