काठमाडौं- ओखलढुंगाको चम्पादेवी गाउँपालिका-८ बिलन्दुमा बिहीबार राति पहिरो जाँदा ३ घर बगाएको छ। पहिरोमा २ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन्।
पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षका रणबहादुर गुरुङ र उनकी पत्नी वर्ष ३१ की शिवमाया गुरुङको मृत्यु भएको हो। त्यसैगरी उनका छोरा १० वर्षका दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङ बेपत्ता छन्। बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पहिरोले बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि बगाएको छ। उनीहरु भने भागेर जोगिएका छन्। उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली खटिएको छ।