शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पश्चिमतिर फैलिँदै मनसुन, सातै प्रदेशमा भारी वर्षाको सम्भावना

पश्चिमतिर फैलिँदै मनसुन, सातै प्रदेशमा भारी वर्षाको सम्भावना

 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

काठमाडौं- जेठ ३१ गते पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन पश्चिमतर्फ फैलने क्रममा छ। बिपरजोय चक्रवात र न्यूनचापीय क्षेत्रको असरका कारण एक सातासम्म मनसुन पश्चिमसम्म फैलन सकेको थिएन।

National life

अब एक-दुई दिनभित्रै मनसुन देशभर फैलने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले पूर्वदेखि पश्चिमसम्मै तराईका भूभागहरूमा वर्षा भइरहेको छ। पहाडी भूभागमा गएरातिदेखि पानी परिरहेको छन्। यो क्रम अब देशैभर चल्ने महाशाखाले जनाएको छ।

आगामी २४ घन्टामा सात वटै प्रदेशमा भारी वर्षाको सम्भावना छ। पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणाली र बाँकी भूभागमा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली भएको छ।  

आज दिउँसो  कोशी, मधेश, कर्णाली र सुदुरपश्चिम  प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भारी वर्षा र मेघ गर्जन र चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Shivam cement

त्यस्तै सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रहरु प्रभावित हुन सक्ने महाशाखाको आकलन छ। 

प्रकाशित: Jun 23, 2023| 07:01 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्