शुक्रबार, असार ५, २०८३

जन्ती चढेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

काठमाडौं- गोरखाको मनकामनामा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

National life

दुलहा-दुलहीसहित कोटगाउँबाट १९ जना जन्ती लिएर पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको बोलेरो जिप सहिद लखन गाउँपालिका-३ सिलिङमा आज बिहान ३ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा सहिद लखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकै नविना थापा र ६४  वर्षका धनबहादुर थापा रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा घाइते भएका १२ मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ।

विवाह गरेर फर्किरहेका जन्ती सवार तीनवटा गाडीमध्ये दुर्घटनाग्रस्त गाडीमा बेहुलाबेहुली भने सवार नरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 23, 2023| 06:32 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्