आइतबार, वैशाख २७, २०८३

स्वास्थ्यका लागि अदुवा, के-के छन् फाइदा?

 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

काठमाडौं- अदुवा नेपालको पहाडी भेगमा उत्पादन हुन्छ। मध्यपहाडी क्षेत्रका किसानको लागि यो प्रमुख नगदे बाली हो।

National life

मेडिकल न्यूज टूडे डटकमका अनुसार अदुवा स्वास्थ्यका लागि निकै लाभदायक छ। यसलाई तरकारीमा मसलाको रुपमा र चियामा पनि उपयोग गरिन्छ।

अदुवामा शरीरलाई लाभदायक विभिन्न तत्व हुने भएकोले विभिन्न आयुर्वेदिक औषधि र सौन्दर्य सामग्रीमा पनि प्रयोग गरिन्छ। यसका केही फाइदा यसप्रकार छन्।

१. अदुवा पाचन प्रणालीका लागि निकै लाभदायक छ। यसको नियमित सेवनले अपचको समस्या झेलिरहेकाहरुका लागि फाइदा हुन्छ।

२. अदुवाले खोकीको समस्या समाधान गर्छ। चिया, तरकारीमा नियमित सेवनका साथै खोकी लागेको बेला पोलेर अदुवा खाँदा केही राहत मिल्छ।

३. अदुवाले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ। साथै रक्तप्रवाहलाई सन्तुलित बनाउन पनि सहयोग गर्छ।

४. अदुवाले रगतमा हुने चिनीको मात्रालाई नियन्त्रण गर्छ। कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रण गर्ने हुनाले अदुवाको नियमित सेवन गर्दा मुटुरोगको जोखिम पनि कम हुन्छ।

५. वाकवाकी लाग्ने समस्या कम गर्न पनि यसले मद्दत गर्छ। गाडी चढ्दा रिंगटा लाग्ने र वाकवाकी लाग्नेले अदुवाको टुक्रा चपाउँदा फाइदा हुन्छ।

६. चिसो तथा रुघाखोकीबाट बच्न पनि अदुवाको प्रयोग गर्न सकिन्छ।

७. अदुवाले मांसपेशीका साथै जोर्नी दुख्ने समस्याबाट पनि छुटकारा दिन्छ।

प्रकाशित: Jun 23, 2023| 06:33 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्