काठमाडौं- सर्वोच्च अदालतले नागरिकता ऐन कार्यान्वयनको बाटो खुला गरिदिएसँगै माइतीघर मण्डलामा धर्ना बसेकाहरुले खुसी मनाएका छन्। नागरिकताविहीन संघर्ष समितिको नाममा माइतीघरमा दुई सातादेखि धर्ना जारी थियो। सर्वोच्चको आदेशपछि धर्ना तोड्नै उनीहरुले खुसी मनाएका हुन्।
यसअघि सर्वोच्चको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै आज संयुक्त इजलासले नागरिकता ऐन कार्यान्वयनको बाटो खुलाएको हो। न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि मनोजकुमार शर्माको एकल इजलासले जेठ २१ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो।
सर्वोच्चको आदेशसँगै गैरआवासीय नेपाली र जन्मसिद्धका सन्तानले नागरिकता पाउने बाटो खुलेको छ।