शुक्रबार, असार ५, २०८३

सर्वोच्चको आदेशसँगै माइतीघरमा खुसियाली

 |  बिहीबार, असार ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

काठमाडौं- सर्वोच्च अदालतले नागरिकता ऐन कार्यान्वयनको बाटो खुला गरिदिएसँगै माइतीघर मण्डलामा धर्ना बसेकाहरुले खुसी मनाएका छन्। नागरिकताविहीन संघर्ष समितिको नाममा माइतीघरमा दुई सातादेखि  धर्ना जारी थियो। सर्वोच्चको आदेशपछि धर्ना तोड्नै उनीहरुले खुसी मनाएका हुन्।

National life

यसअघि सर्वोच्चको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै आज संयुक्त इजलासले नागरिकता ऐन कार्यान्वयनको बाटो खुलाएको हो। न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि मनोजकुमार शर्माको एकल इजलासले जेठ २१ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो।

सर्वोच्चको आदेशसँगै गैरआवासीय नेपाली र जन्मसिद्धका सन्तानले नागरिकता पाउने बाटो खुलेको छ।

 

प्रकाशित: Jun 22, 2023| 18:51 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्