आइतबार, साउन २५, २०८२

रास्वपाको चियापानमा प्रचण्डदेखि महजोडीसम्म, बजाए घन्टी

अतिथिहरुलाई दही, चिउरा, मकै(भटमास, तरकारी, योमरी, हरियो मकै, काँक्रालगायत खुवाइएको थियो।
 |  बिहीबार, असार ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

vianetvianet

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना दिवस अवसरमा बसुन्धराबाट बालाजुस्थित चःमती मार्गमा स्थानान्तरण गरेको नयाँ पार्टी कार्यालय उद्घाटन गरेको छ।

पार्टी सभापति रवि लामिछानेले घन्टी बजाएर पार्टी कार्यालयको दैलो खोलेका हुन्। प्रतिनिधिसभामा चौथो शक्ति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज स्थापना दिवस मनाउँदै छ। गत वर्ष आजकै दिन राष्ट्रिय सभागृहबाट रास्वपा घोषणा गरिएको थियो।

स्थापना दिवस अवसरमा रास्वपा मुख्यालय ६ तले सुविधासम्पन्न भवनमा सरेको छ। बालाजुमा मुख्यालय सारेको रास्वपाको संसदीय दल र केन्द्रीय समिति संयुक्त बैठक नयाँ कार्यालयमा बसेको छ।

पार्टीको नयाँ कार्यालय बालाजुमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरु, दलका शीर्ष नेताहरु, कलाकर्मी तथा अन्य क्षेत्रमा गन्यमान्य व्यक्तिहरु पुगेका थिए। अतिथिहरुलाई दही, चिउरा, मकै(भटमास, तरकारी, योमरी, हरियो मकै, काँक्रालगायत खुवाइएको थियो।

कार्यक्रमस्थलमा प्रवेश गर्नुअघि प्रधानमन्त्री प्रचण्डलगायत पाहुनाहरुले रास्वपाको चुनाव चिह्न घन्टी बजाएका थिए।

Metro Mart

355339177_1687434443.jpg

 

355345245_28111687434508.jpg

rabi_oli1687434548.jpg

3553066731687434444.jpg

प्रकाशित: Jun 22, 2023| 16:40 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्