शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • विद्युत प्राधिकरणका पूर्वइन्जिनियरविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

विद्युत प्राधिकरणका पूर्वइन्जिनियरविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

 |  बिहीबार, असार ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

National life

९ फागुन २०४८ मा सरकारी सेवामा प्रवेश गरेका उनले ९ जेठ २०७९ मा अवकास पाएका थिए। यो अवधिमा उनले घर निर्माण, जग्गा खरिददेखि छोरीहरु विदेश पठाउँदाको खर्च, सेयर सबै गर्दा ३ करोड १३ लाख ९८ हजार ५९४ रूपैयाँ खर्च तथा लगानी गरेको अख्तियारको ठहर छ।

यसमा उनको वैध आम्दानी १ करोड ७१ लाख ४६ हजारमात्र भएको अख्तियारले बताएको छ। यादवले १ करोड ४२ लाख ५२ हजार रुपैयाँ सम्पत्ति गैरकानूनी आर्जन गरेको अख्तियारको दाबी छ।

गैरकानुनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती मञ्जुदेवी यादवको नाममा घरजग्गा, सेयर खरिद गरेको भन्दै अख्तियारले उनलाई पनि प्रतिवादी बनाएको छ।

 

Shivam cement

प्रकाशित: Jun 22, 2023| 15:31 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्