शुक्रबार, असार ५, २०८३

मेयर बालेनले हाले क्यानविरुद्ध उच्च अदालतमा रिट

 |  बिहीबार, असार ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाले त्रिभुवन विमानस्थल क्षेत्रको तार काट्दा नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेपछि मेयर बालेन शाहले रिट दायर गरेका छन्। मेयर शाहले बुधबार उच्च अदालत पाटनमा प्राधिकरणलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

National life

तार काटेको विषयमा प्राधिकरणले मेयरलाई स्पष्टीकरण सोध्न नमिल्ने उनको जिकिर छ। यो रिट आज उच्च अदालतका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा परेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १ गते मेयर शाहलाई स्पष्टीकरण सोधेको थियो। काठमाडौं महानगरपालिका-९ स्थित विमानस्थल क्षेत्रमा प्राधिकरणलाई कुनै जानकारी नदिई महानगरपालिकाका नगर प्रहरीले फेन्सिङ तार काटेको थियो। त्यसपछि प्राधिकरणले मेयर शाहसँग स्पष्टीकरण सोधिएको थियो। उनलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको थियो।

प्राधिकरणका कर्मचारीले तार नकाट्न अनुरोध गरेता पनि नगर प्रमुखको आदेशबमोजिम आफूहरूले सो कार्य गरेको नगर प्रहरीले बताएको थियो। प्राधिकरणले सोधेको स्पष्टिकरणमा भनिएको छ, ‘तपाईंलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम सजाय किन नगर्ने हो? यो पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्नुहुन प्राधिकरणको मिति २०८० / ०२ / ३२ को निर्णयानुसार जानकारी गराइन्छ।’

 

Shivam cement

प्रकाशित: Jun 22, 2023| 15:15 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्