बुधबार, साउन २८, २०८२

पाँचथर बाढीपहिरोले खोस्यो ५०० बढीको थातबास

पाँचथरको फिदिम नगरपालिकासँगै याङ्बरक, हिलिहाङ र फालेलुङ पालिकाका १३६ घरबाट बाढीपहिरोकै कारण विस्थापित भए सर्वसाधारण।
 |  बिहीबार, असार ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

vianetvianet

काठमाडौं– गत २ असारदेखि पाँचथरमा निरन्तरको झरीपछि आएको बाढीपहिरोमा परी विस्थापित हुनेको संख्या ५३६ पुगेको जिल्ला प्रशासन कार्यालय पाँचथरले विवरण सार्वजनिक गरेको छ।

पाँचथरको फिदिम नगरपालिकासँगै याङ्बरक, हिलिहाङ र फालेलुङ पालिकाका १३६ घरबाट बाढीपहिरोकै कारण सर्वसाधारण विस्थापित भएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले बताए।

३ असार मध्यरातमा आएको बाढीपहिरोका कारण हालसम्म तीन जनाले ज्यान गुमाएका छन् भने तीन जना बेपत्ता छन्।

पहिरोका कारण पाँचथरका १५ वटा पुलमा क्षति पुग्नुका साथै ५ वटा जलविद्युत् कम्पनीमा क्षति हुँदा उत्पादन ठप्प भएको छ। बाढीले हेवा र तमोर खोलाका पुल बगेका कारण राहत र उद्धारमा कठिनाइ भएको छ।

प्रकाशित: Jun 22, 2023| 14:22 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुक्खाग्रस्त संकट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

सुक्खाग्रस्त संकट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

पर्सामा कृषकको मागअनुसार सरकारी अनुदानको मल उपलब्धता गराउन भने सकिएको छैन। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सरकारले तोकेको कोटाअनुसारको मलले ६०...