शुक्रबार, असार ५, २०८३

पाँचथर बाढीपहिरोले खोस्यो ५०० बढीको थातबास

पाँचथरको फिदिम नगरपालिकासँगै याङ्बरक, हिलिहाङ र फालेलुङ पालिकाका १३६ घरबाट बाढीपहिरोकै कारण विस्थापित भए सर्वसाधारण।
 |  बिहीबार, असार ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

काठमाडौं– गत २ असारदेखि पाँचथरमा निरन्तरको झरीपछि आएको बाढीपहिरोमा परी विस्थापित हुनेको संख्या ५३६ पुगेको जिल्ला प्रशासन कार्यालय पाँचथरले विवरण सार्वजनिक गरेको छ।

National life

पाँचथरको फिदिम नगरपालिकासँगै याङ्बरक, हिलिहाङ र फालेलुङ पालिकाका १३६ घरबाट बाढीपहिरोकै कारण सर्वसाधारण विस्थापित भएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले बताए।

३ असार मध्यरातमा आएको बाढीपहिरोका कारण हालसम्म तीन जनाले ज्यान गुमाएका छन् भने तीन जना बेपत्ता छन्।

पहिरोका कारण पाँचथरका १५ वटा पुलमा क्षति पुग्नुका साथै ५ वटा जलविद्युत् कम्पनीमा क्षति हुँदा उत्पादन ठप्प भएको छ। बाढीले हेवा र तमोर खोलाका पुल बगेका कारण राहत र उद्धारमा कठिनाइ भएको छ।

प्रकाशित: Jun 22, 2023| 14:22 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्