बुधबार, साउन २७, २०८३

हिन्दी सिनेमा चलाउन दिन उच्च अदालत पाटनको अन्तरिम आदेश

 |  बिहीबार, असार ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

काठमाडौं- हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरको निर्णयविरूद्ध चलचित्र संघले हालेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ। आज उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले अन्तरिम आदेश जारी गरेको हो।

अदालतले अहिले हिन्दीलगायत कुनै पनि फिल्म रोक नलगाउनू, यथास्थितिमा चल्न दिनू भनेको छ। यसैगरि उच्च अदालतले छलफल गर्न असार १२ गते दुवै पक्षलाई बोलाएको छ।

हलवालाहरूको छाता संगठन चलचित्र संघले बुधबार उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। काठमाडौंका मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दायर गरिएको थियो।

काठमाडौं महानगरका मेयर बालेन शाहले 'आदिपुरूष' मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद नसच्चिएसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए।

 

प्रकाशित: Jun 22, 2023| 14:08 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्