बुधबार, साउन २८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • ७७ वटै जिल्ला अदालतले पाए साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा हेर्ने अधिकार

७७ वटै जिल्ला अदालतले पाए साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा हेर्ने अधिकार

सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतबाटै सुरु कारबाही र किनारा लगाउने अधिकार दिएको हो।
 |  बिहीबार, असार ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

vianetvianet

काठमाडौं– सरकारले ७७ वटै जिल्ला अदालतलाई साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा हेर्ने अधिकार सुम्पिएको छ। यसअघि यस्ता प्रकृतिका मुद्दा तोकिएका अदालतले मात्र हेर्दै आएका थिए।

सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतबाटै सुरु कारबाही र किनारा लगाउने अधिकार दिएको हो।

मन्त्रिपरिषद् बैठकले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दालाई जिल्ला अदालतको क्षेत्राधिकारमा राख्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ६० को उपदफा ५ बमोजिम साइबर अपराधका कसुरको सुरु कारबाही र किनारा लगाउने अधिकार जिल्ला अदालतलाई दिने निर्णय भएको हो। बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ को खण्ड (ग) बमोजिमका कसुरमा पनि कारबाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई दिने निर्णय गरेको छ।

सूचना प्रविधि र बैंकिङ कारोबारमा नागरिकको पहुँच विस्तार हुँदै गएसँगै यस्ता प्रकृतिका अपराध बढ्दै गएपछि नियन्त्रण गर्न सरकारले जिल्ला अदालतलाई अधिकार सुम्पिएको हो।

Metro Mart

प्रकाशित: Jun 22, 2023| 11:14 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुक्खाग्रस्त संकट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

सुक्खाग्रस्त संकट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

पर्सामा कृषकको मागअनुसार सरकारी अनुदानको मल उपलब्धता गराउन भने सकिएको छैन। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सरकारले तोकेको कोटाअनुसारको मलले ६०...