काठमाडौं- रुकुम पश्चिममा जिप दुर्घटना हुँदा आठ जना घाइते भएको छन्। भे१च २७९६ को डबल क्याप जिप बिहान साढे ६ बजे बागबजारमा दुर्घटना हो।
रुकुम प्रहरीका अनुसार मुसिकोट नगरपालिकाको माछ्मी बाट डिग्रे मन्दिरतर्फ जाँदै गर्दा जिप दुर्घटना भएको हो। घाइते भएका ८ जनामध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते हुनेमा मुसिकोट नगरपालिका – ५ की ८ बर्सिया बालिका वर्षा केसी रहेकी छन्। उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको छ। अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।