शुक्रबार, असार ५, २०८३

शैक्षिक मेला : बालेनको निर्देशनमा अदालतको लगाम

 |  बुधबार, असार ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०
National life
Shivam cement

काठमाडौं- उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले बन्द गरेको उच्च माध्यमिक विद्यालय संघ नेपाल ‘हिसान’को शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ। महानगरपालिकाले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएसन ‘हिसान’ त्यसविरुद्ध अदालत गएको थियो।

बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासले ‘हिसान’ को शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको हो।

उच्च अदालतले संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रमका लागि स्थानीय तहको अनुमति नचाहिने भएकाले मेला नरोक्न आदेश दिएको हो। मेयर शाहले प्रक्रिया पूरा नगरेको र निर्देशन उल्लंघन गरेको भन्दै नगर प्रहरी खटाएर मेला रोक्न लगाएका थिए।

प्रकाशित: Jun 21, 2023| 19:16 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्