शुक्रबार, असार ५, २०८३

भारतीय दूतावासको समन्वयमा पोखरामा विशेष योग शिविर

 |  बुधबार, असार ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय दूतावासको समन्वयमा पोखरामा विशेष योग शिविर सम्पन्न भएको छ। पोखरा महानगरपालिकाको स्थानीय व्यवस्थापन र योग तथा पर्यटन सम्बद्ध विभिन्न संस्थाहरूको सहकार्यमा बुधबार बिहान पोखरा रंगशालामा विशेष योग शिविर आयोजना गरिएको हो।

National life

योगले मानिसको शारीरिक, मानसिक, भावनात्मक पक्षलाई सन्तुलनमा राख्न सहयोग गर्ने भएकाले योग र आयुर्वेदलाई सर्वसाधारणको पहुँचसम्म पुर्‍याउने उद्देश्यले शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ। शिविरमा सयौं सर्वसाधारण सहभागी थिए। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भारतीय राजदूत नवीन श्रीवास्तवलगायतका व्यक्तित्वहरू सहभागी थिए।

प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले नेपाल र भारतबीचको सम्बन्ध हिमाल जस्तै उचो र गर्भिलो भएको बताए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि दुईदेशको सम्बन्ध थप सुदृढ बनेको उल्लेख गरे।

उनले मनोरम दृश्य र योगका लागि पोखरा उपयुक्त स्थान गरेको बताउँदै भारतीय नागरिकलाई पोखराको भ्रमण गर्न निम्तो दिए। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखरालाई योग केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए। उनले पोखरा प्राकृतिक र पर्यटनका दृष्टिकोणले उत्कृष्ट स्थान भएको बताउँदै यसलाई सडक सञ्जाल र हवाई मार्गबाट जोड्न सकेको अवस्थामा भारत लगायत देशका पर्यटक आकर्षित हुने उल्लेख गरे।

उनले भारतका विभिन्न सहरबाट पर्यटकहरू पोखरा आउने गरेको बताउँदै पोखरालाई योग केन्द्रका रूपमा विकास गर्न भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।

Shivam cement

प्रकाशित: Jun 21, 2023| 18:00 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्