काठमाडौं- आँपको मौसम सकिनै लागेको छ। बर्खाको समयमा पाइने र विशेषगरी तराई भेगमा फल्ने आँपलाई नेपाल, भारतलगायत देशमा ‘फलको राजा’ पनि भन्ने गरिन्छ।
हेल्थलाइन डटकमका अनुसार आँपमा क्यालोरी, फाइबर, भिटामिन ए, सी, भिटामिन बी सिक्स, पोटासियमलगायत तत्व पाइन्छ।
आँपका फाइदाहरूः
- आँपमा हुने एन्टिएक्सिडेन्ट तत्वले क्यान्सर रोगको जोखिम कम गर्छ।
- यसमा पाइने भिटामिन ए ले आँखा तेजिलो बनाउन मद्दत गर्छ।
- आँपमा उल्लेख्य मात्रामा फाइबर हुने भएकोले पाचन शक्ति राम्रो बनाउनुको साथै पेट सफा राख्न सहयोग गर्छ।
- आँपले रोग प्रतिरोधात्मक क्षमताको पनि वृद्धि गर्छ।
- आँपले यौन तथा प्रजनन् क्षमता विस्तारमा पनि सघाउँछ।
- भिटामिन र खनिज पाइने हुनाले आँपले छालामा चमक ल्याउनुको साथै कपाल झर्नबाट पनि रोक्छ।
- आँपको नियमित सेवनले मुटुको समस्या कम गर्न सघाउँछ।