शुक्रबार, असार ५, २०८३

मन्त्रिपरिषद्ले गर्‍यो यी ८ निर्णय

 |  बुधबार, असार ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०

काठमाडौं- असार ५ मा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ। निर्णयबारे जानकारी गराउँदै आज सञ्चारमन्त्री रेखा शर्माले विद्युतीय साइबर अपराध र बैंकिङ कसुरका मुद्दाहरू कारबाही र किनाराको अधिकार अब सबै जिल्ला अदालतबाट तोकिएको जानकारी दिइन्।

National life

यसैगरी बैठकले महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि १९८९ को सातौं आवधिक प्रतिवेदन समितिमा पठाउन स्वीकृत दिने, रक्षामन्त्री पूर्णबहादुर खड्कालाई ओमानमा हुने एक सम्मेलनमा सहभागिता जनाउन स्वीकृत दिने र नेपाल सरकार-बेलायत सरकारबीचको दुईपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना स्वीकृत गर्ने निर्णय पनि गरेको छ। बैठकले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकृत गर्ने विधेयक सदनमा पेश गर्ने निर्णय पनि गरेको छ।

प्रवक्ता शर्माले भारतीय चलचित्र आदिपुरुषमा रहेको केही शब्द हटाएर सरकारको सेन्सर बोर्डबाटै पास गरिएको जानकारी दिइन्। उनले भावनात्मक हिसाबमा सबै नेपाली एकै ठाउँमा रहेका भन्दै भारतीय चलचित्र चल्न दिने वा नदिने भन्ने विषयमा सबैले क्षेत्राधिकार बुझ्नुपर्ने प्रष्ट्याइन्।

उनले स्टन्टमा भन्दा पनि दीर्घकालीन समाधानमा ध्यान दिनुपर्ने भन्दै सरकारले परराष्ट्र मन्त्रालयमार्फत आफ्ना कुरा राखिसकेको बताइन्। उनको भनाइ काठमाडौं महानगरका मेयर बालेन शाहप्रति लक्षित थियो। बालेनले भ्रमपूर्ण डाइलग नसच्चिएसम्म कुनै पनि हिन्दी फिल्म महानगरका हलमा चलाउन नदिने निर्णय गरेका थिए।

Shivam cement

प्रकाशित: Jun 21, 2023| 17:34 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्