आइतबार, साउन १८, २०८२

उपप्राध्यापक चलाउनेको पक्षमा उभिए त्रिविका ९ पूर्व उपकुलपति

 |  बुधबार, असार ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०

vianetvianet

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका नौ जना पूर्वउपकुलपतिहरूले विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय आपराधिक कार्यलाई प्रोत्साहन गर्ने भएको भन्दै उक्त निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन्।

बुधवार पूर्वउपकुलपतिहरू अर्जुन कार्की, कमलकृष्ण जोशी, त्रिरत्न मानन्धर, खगेन्द्र भट्टराई, तोरणबहादुर कार्की, नवीनप्रकाश जंग शाह, महेशकुमार उपाध्याय, हिराबहादुर महर्जन र केदारभक्त माथेमाले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ- 'त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक श्री प्रेम चलाउनेलाई विश्वविद्यालय हाताभित्रै मरणासन्न हुने गरी कुटपिट गर्ने नेविसंघका विद्यार्थीहरूमाथि चलाइएको तथा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा संघीय सरकारको मन्त्रिपरिषद्ले गत जेठ ३० गते फिर्ता लिने गरी गरेको निर्णय निन्दनीय छ। शैक्षिक संस्थामा अनुशासनहीनता, अमर्यादित एवं आपराधिक कार्यहरूलाई प्रोत्साहन गर्ने मन्त्रिपरिषद्को उक्त निन्दनीय निर्णयबाट सरकार स्वयं अपराधको पक्षपाती भएको देखिन्छ।’

उनीहरुले प्रेम चलाउनेप्रति ऐक्यबद्धता समेत जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘मुद्दा फिर्ता लिने संघीय सरकारको निर्णय तुरुन्त फिर्ता लिइयोस् भन्ने हामी पूर्वउपकुलपतिहरू माग गर्दछौं र आमरण अनशनमा रहनुभएका श्री प्रेम चलाउनेप्रति ऐक्यबद्धता जनाउँछौं।’

प्रकाशित: Jun 21, 2023| 17:17 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्