आइतबार, साउन १८, २०८२

चट्याङ पर्दा सिन्धुलीमा गुडिरहेका दुई कार पल्टिए

 |  बुधबार, असार ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०

vianetvianet

काठमाडौं- सिन्धुलीको दुधौली नगरपालिका-४ मा आज दिउँसो चट्याङ पर्दा गुडिरहेका दुइटा कार दुर्घटनामा परेका छन्। मदन भण्डारी राजमार्गमा भएको दुर्घटनामा पाँच जना घाइते भएका छन्।

चट्याङका कारण बागमती प्रदेश बीएबी ५५३९ र प्रदेश ३– ०१–०३२ प ५८६० नम्बरका कार अनियन्त्रित भई पल्टिएका थिए। घाइतेको उद्धार गरी स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गराए सिन्धुली अस्पताल र काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

सोही चट्याङका कारण स्थानीय दुईजना पनि घाइते भएका प्रहरीले जानकारी दिएको छ। उनीहरुको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

 

प्रकाशित: Jun 21, 2023| 16:34 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्