शुक्रबार, असार ५, २०८३

मिटरब्याज पीडितपछि मिटरब्याजी साहूको आन्दोलन!

मिटरब्याजी साहूले हजारौं मिटरब्याज पीडितलाई उठिबास लगाएको अवस्थामा सरकारले कानुन बनाएरै प्रतिबन्ध लगाउने र घटनामा संलग्नलाई कारबाही गर्ने प्रक्रिया चलिरहेका बेला राजधानीमै उनीहरु सरकारको निर्णयविरुद्ध उत्रिएका हुन्।
 |  बुधबार, असार ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०

काठमाडौं– मिटरब्याजमा पैसा लगाएर २० हजार बढी नागरिकलाई थातबासविहीन बनाएपछि सत्यतथ्य खोज्न सरकारले गठन गरेको मिटरब्याज पीडितसम्बन्धी आयोगले काम गरिरहेका बेला उनै मिटरब्याजीले माइतीघर मण्डलामा भेला भएर सरकारविरुद्ध आन्दोलन घोषणा गरेका छन्। 

National life

मिटरब्याजी साहूले हजारौं मिटरब्याज पीडितलाई उठिबास लगाएको अवस्थामा सरकारले कानुन बनाएर प्रतिबन्ध लगाउने र घटनामा संलग्न साहूकारलाई कारबाही गर्ने प्रक्रिया अघि चलिरहेका बेला राजधानीमै उनीहरु सरकारको निर्णयविरुद्ध उत्रिएका हुन्।

मधेस प्रदेशका मिटरब्याजी साहूकारले संघर्ष समिति गठन गरेर सडक आन्दोलन थालेका छन्। मिटरब्याजी साहूहरुले सरकारले डर–त्रास देखाएर मिटरब्याजी पेसाको बदनाम गर्न खोजेको आरोप लगाए। मिटरब्याजी भन्दै प्रशासनमा निवेदन दिने, धम्क्याउने र कारबाही अघि बढाउने क्रियाकलापले आफूहरु आतंकित भएको मिटरब्याजी साहूले बताए। उनीहरुले कुनै पनि बहानामा मिटरब्याज र यो धन्धा चलाउनेलाई कारबाही गर्न खोजिए आन्दोलन गर्ने चेतावनी सरकारलाई दिएका छन्। 

मिटरब्याज प्रकरणको उजुरीको जाँचबुझ र छानबिन जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने माग उनीहरुको छ। मिटरब्याजीका नाममा ठगेका प्रमाण भेटिए मात्रै मुद्दा चलाउन उनीहरुले खबरदारी गरेका छन्। 

विभिन्न सरकारी निकायमा दर्ता उजुरीलाई जाँचबुझ तथा छलफलका लागि स्थानीय सरकारलाई दिनुपर्ने, आफूहरुको लगानीको सावाँ र ब्याज पनि फिर्ता हुनुपर्ने माग उनीहरुले राखेका छन्। 

Shivam cement

सरकारले मिटरब्याज धन्धा चलाउनेलाई कारबाही गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याज पीडित समस्या समाधान आयोग गठन गरेको छ।

प्रकाशित: Jun 21, 2023| 16:11 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्