आइतबार, साउन १८, २०८२

बागलुङ जिप दुर्घटनामा मृत्यु हुनेको परिचय खुल्यो

गलकोटदेखि बागलुङ बजारतर्फ आउँदै गरेको जिप काठेखोला–५ ठुलढुंगाबाट ५ सय मिटर तल खसेकाले अन्य यात्रुबारे सोधीखोजी हुँदै।
 |  बुधबार, असार ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०

vianetvianet

बागलुङ– बागलुङमा आज बिहान जिप दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ। गलकोटदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जिप काठेखोला गाउँपालिका–५ ठुलढुंगामा दुर्घटना भएको थियो। 

दुर्घटनामा जिप चालक पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगाका २९ वर्षीय राजेन्द्र माझी र जिपमा सवार जैमिनी नगरपालिका–१० रांखानीका ३६ वर्षीया दुर्गा पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए।

उनका अनुसार दुवैको घटनास्थलमै मृत्यु भएको हो। जिप मध्यपहाडी लोकमार्गदेखि ५ सय मिटर तल खसेको सूचना अधिकारी केसीले बताए। जिप सडकभन्दा धेरै तल खसेकाले कति यात्रु सवार थिए भन्ने अहिलेसम्म यकिन हुन नसकेको उनको भनाइ छ।

‘कस्मेटिक सामानको मार्केटिङ गर्ने गाडी रहेकाले अन्य यात्रु गाडीमा नभएका पनि हुन सक्छन्’, केसीले भने। अहिले घटनास्थल पुगेको प्रहरीले उद्धार गरी शव परीक्षणका लागि बागलुङ बजारस्थित धौलागिरि अस्पतालमा ल्याउने तयारी भइरहेको उनले बताए।

प्रकाशित: Jun 21, 2023| 12:49 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्