बिहीबार, साउन २८, २०८३

विनयी त्रिवेणीमा चट्याङ लागेर एक जनाको मृत्यु

खेतमा काम गरिरहेका छविलाल सारुको बिहान साढे ६ बजे चट्याङ लाग्दा ज्यान गएको हो।
 |  बुधबार, असार ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०

नवलपरासी–  नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार बिहान साढे ६ बजे ५७ वर्षीय छविलाल सारुको चट्याङ लागेर मृत्यु भएको हो।

उनलाई खेतमा काम गर्ने क्रममा चट्याङ लागेको थियो। चट्याङ लागेर घाइते भएका उनलाई घर ल्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। सारु श्रीमतीसँगै खेतमा काम गर्दै थिए।

प्रकाशित: Jun 21, 2023| 11:44 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्