शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सैनिक हेलिकोप्टरबाट बाढीपहिरो प्रभावित क्षेत्रमा पुग्यो राहत

सैनिक हेलिकोप्टरबाट बाढीपहिरो प्रभावित क्षेत्रमा पुग्यो राहत

सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज लत्ताकपडा, टेन्ट, भाँडाकुँडासहित स्वास्थ्य सामग्री पठाइएको हो।
 |  बुधबार, असार ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०

काठमाडौं– ताप्लेजुङका बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पुर्‍याइएको छ। सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज लत्ताकपडा, टेन्ट, भाँडाकुँडासहित स्वास्थ्य सामग्री पठाइएको हो।

National life

कोसी प्रदेश सरकारबाट प्राप्त स्वास्थ्य सामग्री र टेन्ट तथा रेडक्रस सोसाइटी शाखाले उपलब्ध गराएका त्रिपाल, कम्बल, भाँडाकुँडासहितका सामग्री पठाइएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन्। 

मेहेलेमा बाढीपहिरोबाट विस्थापित बनेका एक सयभन्दा बढी परिवार स्थानीय निलगिरि माध्यमिक विद्यालयमा आश्रय लिएर बसेको स्थानीय कमल कडरियाले बताए।

शनिबारदेखि वर्षासँगै आएको बाढीपहिरोमा परी उक्त ठाउँका तीन जनाको ज्यान गएको छ भने एकै परिवारका तीन बेपत्ता छन्। पहिराले स्वास्थ्य चौकीको भवनै पुरेपछि औषधी अभाव भएको छ । केही औषधी पुरिएकै ठाउँबाट निकालेर घाइतेको प्राथमिक उपचार गरिएको थियो।

यसैबीच मृतकका परिवार तथा आफन्त र बाढीपहिरोबाट प्रभावित अन्य परिवारलाई क्षतिको विवरण हेरी मापदण्डअनुसार राहत उपलब्ध गराउन पहल भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

Shivam cement

मंगलबार बसेको बैठकले राहत र उद्धारका लागि विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकायलाई उपलब्ध स्रोत–साधन र जनशक्तिसहित तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय गरेको थियो।

प्रकाशित: Jun 21, 2023| 11:17 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्