आइतबार, साउन १८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौं बाहिरकालाई छुट्टै स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता

काठमाडौं बाहिरकालाई छुट्टै स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता

यसअघि बाहिरी जिल्लाका नागरिकको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विवरण दर्ता गरिँदै आएकामा अबदेखि अलग स्थान तोकिएको हो।
 |  बुधबार, असार ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०

vianetvianet

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अब राजधानीमै स्थायी ठेगाना भएका सेवाग्राहीको मात्रै राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरिने भएको छ।

यसअघि बाहिरी जिल्लाका नागरिकको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विवरण दर्ता गर्ने स्थान तोकिएकामा अब काठमाडौँ बाहिर स्थायी ठेगाना भएका सेवाग्राहीको हकमा राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि अलग स्थान तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट तोकिएअनुसार नै सम्बन्धित स्थानमा गएर विवरण भर्न पनि काठमाडौं) प्रशासनले अनुरोध गरेको छ। विभागले काठमाडौं बाहिरका नागरिकको हकमा दुई फरक–फरक स्थानमा तोकेको उनले बताए।

नारायणहिटी दरबार संग्रहालय परिसरमा मधेस प्रदेशका धनुषा र पर्साका सेवाग्राहीले विवरण दर्ता गर्नुपर्नेछ। यस्तै, राष्ट्रिय सभागृहमा काठमाडौं, भक्तपुर र ललितपुरबाहेकका बागमती प्रदेशका सबै जिल्लाका नागरिकले विवरण भर्न सकिने सहायक प्रजिअ आचार्यको भनाइ छ।

यसअघि ती क्षेत्रका नागरिकले काठमाडौं प्रशासनबाटै विवरण दर्ता गर्दै आएका थिए। परिचयपत्रका लागि नागरिकताको सक्कल प्रमाणपत्र, बसाइँसराइको प्रमाणपत्र, विवाहितको हकमा विवाह दर्ताको प्रमाणपत्र वा नाता खुल्ने प्रमाणपत्रको सक्कल आवश्यक पर्छ।

प्रकाशित: Jun 21, 2023| 10:53 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्