शुक्रबार, असार ५, २०८३

लागूऔषधको जोखिममा कञ्चनपुरः ११ महिनामा २५५ पक्राउ

भारतसितको खुला सीमाका कारण कञ्चनपुरमा लुकीछिपी लागूऔषधको कारोबार हुने गरेको छ। 
 |  बुधबार, असार ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०

कञ्चनपुर– कञ्चनपुरमा चालू आर्थिक वर्षको ११ महिनामा लागूऔषध कारोबार र दुव्र्यसनमा संलग्न १२ महिलासहित २५५ पक्राउ परेका छन्।

National life

कञ्चनपुरमा खुला सीमाका कारण दैनिक लागूऔषधसहित युवा–युवती पक्राउ परिरहेका छन्। गत साउनदेखि जेठ मसान्तसम्म २६ किलोग्राम चरेश, ४९९.६६ ग्राम खैरो हिरोइन, ३६ ट्याबलेट नाइट्राभेट, ३५८ एम्पुल फेनारगनलगायत लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए।

भारतसितको खुला सिमानाका कारण यहाँ लुकीछिपी लागूऔषध कारोबार हुने गरेको छ। कञ्चनपुरमा स्थानीय प्रशासनलाई पनि लागूऔषध नियन्त्रण मुख्य चुनौती बनेको छ। 

प्रहरी निरीक्षक गिरीका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म पक्राउ पर्नेमा २९ पुरुष, १२ महिला र १४ भारतीय नागरिक रहेका छन्। ‘जिल्लाभरि नै लागुऔषध नियन्त्रण र विद्यालय स्तरमा सचेतनाका कक्षा सञ्चालन भइरहेका छन्’, उनले भने, ‘लागूऔषध पूर्णरूपमा नियन्त्रणमा ल्याउन स्थानीय नागरिक, पालिका र सबैको सहयोग आवश्यक पर्छ।’

यहाँ भारतसित सीमा जोडिएको बेलौरी, पुर्नबास, बेल्डाँडी र दोधारा चाँदनी क्षेत्रबाट लागूऔषध ओसारपसार बढी हुने गरेको प्रहरीले जनाएको छ। महेन्द्रनगरस्थित धूमपान निषेधका अभियन्ता मदन चन्द बालबालिका र युवा पुस्तालाई लागूऔषधको लतबाट बचाउन स्वयं अभिभावक जिम्मेवार भएर लाग्नुुपर्ने बताउँछन्। ‘प्रहरीले मात्रै नियन्त्रण गरेर लागूऔषध न्यूनीकरण गर्न कठिन हुन सक्छ’, उनले भने, ‘यसका लागि सामूहिक प्रयासको खाँचो छ।’

Shivam cement

प्रकाशित: Jun 21, 2023| 10:42 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्