काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको सर्भर डाउन हुँदा यात्रुको विचल्ली भएको छ। अन्तर्राष्ट्रिय कम्पनीका विमान अवतरण हुने पिक समय (बेलुका) सर्भरले काम नगर्दा विमानस्थल अस्तव्यस्त बनेको हो।
सर्भरको समस्याका कारण यात्रु एक-डेढ घण्टा अलपत्र परेको एक यात्रुले बताए।
विमानस्थल प्रशासनले पनि सर्भरमा समस्या आएको पुष्टि गर्दै समस्या समाधान भएर भीड कम भइरहेको बताएको छ। विमानस्थलको अध्यागमन सर्भरमा समस्या आउँदा बेलाबेला यात्रुले सास्ती खेप्दै आएका छन्।